शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

appharu
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि सर्वोच्चमा पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

यसअघि, काठमाडौं जिल्ला अदालतले निर्माता छविराज ओझा र अभिनेत्री पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । निर्माता ओझाकी पहिलो पत्नी हेमा ओझाले बहुविवाहको उजुरी गरेपछि यही कसूरमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?