ग्याँस पड्किएपछि सल्किएको आगो नियन्त्रण बाहिर

खोटाङ, १८ पुस – खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा भीषण आगलागी भएको छ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले अहिले भीषण रुप लिएको छ । आगलागीबाट उचितबहादुर राई, प्रकाचन्द्र गिरी, तम्बराज राईलगायतको घर नष्ट भइसकेको घटनास्थल खटिएको प्रहरीले जनाएको छ । भान्छामा प्रयोग गरिने ग्याँस पड्किएपछि सल्किएको आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ साँझ करिब साँढे ७ बजेदेखि शुरु भएको आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रण बाहिर गएपछि रुपाकोट मझुवागढी नगरपालिकाबाट दमकल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिए दिक्तेलबाट दमकल आइपुग्न कम्तिमा दुई घण्टा लाग्ने भएकाले आगोले ठूलो क्षति हुने अनुमान गरिएको छ । बाक्लो बजारबाटै आगलागी शुरु भएकाले हलेसीवासीमा त्रास फैलिएको स्थानीय सन्देश राईले बताए आगो नियन्त्रण गरेर बजार जोगाउनका लागि छेउका घर र छानो भत्काउने काम भइरहेको छ । अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?