प्रतिनिधिसभाको बैठकमा तीन वटा प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभाको आज(आइतबार)को बैठकमा तीन वटा प्रतिवेदन पेश भएको छ । आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘वन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नुभयो ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठका तर्फबाट सांसद कृष्णगोपाल श्रेष्ठले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ र ‘२०७६ असार अन्तिम साता परेको अविरल वर्षाका कारण बाढी र डुबानबाट प्रभावित जिल्लाको स्थलगत निरीक्षण तथा अनुगमन प्रतिवेदन, २०७६’ पनि पेश गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?