स्वाथ्य जाँचका लागि प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै, प्रचण्ड कार्यवाहक अध्यक्ष

प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि फेरि सिंगापुर जानुहुने भएको छ । एक साताअघि मात्र सिंगापुरमा ९ दिन उपचार गराएर फर्किनुभएका प्रधानमन्त्री ओली ‘फलोअप’का लागि भन्दै यसै साता सिंगापुर जान लाग्नुभएको हो । प्रधानमन्त्री ओली यही भदौ ४ वा ५ गते सिंगापुर प्रस्थान गर्ने जनाइएको छ ।

उहाँ सिंगापुरमा चलाइएको नयाँ औषधिको असरबारे थप जाँचका लागि सिंगापुर जान लाग्नुभएको हो ।

१२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराउनुभएको प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहनुभएको छ ।

यसैबीच, प्रधानमन्त्री ओली सिंगापुर जानुहुनेभएपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यवाहक अध्यक्ष जिम्मेवारी सम्हाल्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?