सुनको मूल्य घट्यो

काठमाडौं । लगातर उकालो लागेको सुनको मूल्य आइतबार ओरालो लागेको छ । आइतबार छापावाला सुन प्रतितोला ५ सयले घटेर ७१ हजार कायम भएको छ ।

शनिबार सुन प्रतितोला ७१ हजार ५ सयमा कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन आज प्रतितोला ७० हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?