लायन्स क्लवकाे प्रथम क्याबिनेट मिटिङ भब्यताका साथ सम्पन्न, प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्की सम्मानित

काठमाडौं । लायन्स क्लव ईन्टरनेशनल ३२५ बि १ काे पहिलाे डिस्ट्रिक्ट ईन्सटलेशन तथा प्रथम क्याविनेट मिटिङ भव्यताका साथ सम्पन्न भएको छ ।

साउन ३२ गते शनिवार ग्रिनल्याण्ड ब्याङ्क्वेट, थानकोट, काठमाडौंमा भएको कार्यक्रममा नेपालका प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीलाई सम्मान गरिएको थियाे ।

कार्यक्रममा सम्बाेधन गर्नु हुदै सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश शुसिला कार्कीले लायन्स क्लबले समाजमा पु-र्याएकाे याेगदान र बिशेष गरि वर्तमान गभर्नरले ल्याएको महिला सशक्तीकरण र सीपमूलक तालिम संचालनकाे खुलेर प्रशंसा गर्नुभयाे।

कार्यक्रममा आफ्नाे धारणा राख्दै डिस्ट्रिक्ट गभर्नर लायन ईन्दु लम्सालले समाज रुपान्तरणमा महिलाहरुले खेलेको महत्त्वपूर्ण भूमिकालाई उजागर तुल्याउन यस वर्ष सामाजिक सेवामा सकृय महिलाहरुलाई सम्मान गरिने र महिला सशक्तीकरणका कार्यक्रम अगाडि बढाईने बताउनुभयाे।

कार्यक्रममा प्रमुख अतिथी लायन्स क्लबका ईन्टरनेशनल डाईरेक्टर सन्जय खेतानले आफ्नाे धारणा राख्दै उपस्थित लायन लिडरहरुलाई उत्साहित गराउनु भएको थियाे। एरिया लिडर बालकृष्ण बुर्लाकाेटी, पूर्व गभर्नरहरु राजन लम्साल, गिरधारी शर्मा, गाैतममान श्रेष्ठ, याेगेन्द्र प्रधान, ध्रुब थापा, धनराज आचार्य, अशाेक श्रेष्ठ लगायतका अतिथिहरुकाे उपस्थितिमा सम्पन्न भएको क्याविनेट बैठकलाई बिशेष महत्वका साथ हेरिन्छ।

यस बैठकमा १३४ वटा नयाँ क्लवहरुकाे समुद्घाटन र नयाँ क्लवका सबै संस्थापकअध्यक्षहरुलाई सम्मान गरिएको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?