विप्लव समुहद्वारा मन्दिरको ६ रोपनी जग्गा कब्जा

काठमाडौं । नेत्र विक्रम चन्द समुह ‘विप्लव’ नेतृत्वको समुहले सल्यानमा एक मन्दिरको ६ रोपनी जग्गा कब्जा गरेको छ । ‘विप्लव’ नेतृत्वको समुहले जिल्लाको छत्रेश्वरी गाउँपालिका–६ लान्तिमा रहेको खैरावाङ मन्दिरको ६ रोपनी जग्गा कब्जामा लिएको हो ।

‘विप्लव’ समुहले जग्गामा भएको स्थानमा ब्यानर राखेर जनयुद्धको क्रममा तत्कालीन नेकपा माओवादीले कब्जामा लिएका घरजग्गा पुनः जनपरिषदले कब्जामा लिएको उल्लेख गरिएको छ । नियन्त्रणमा लिएको जग्गा जमिन कोही कसैले बिक्री वितरण गरेमा कारवाही गरिनेसमेत चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?