सांसदको प्रश्न, ‘महिलाले एकदिन पार्टी प्यालेसमा तीज मनाउँदैमा भ्रष्टाचार कम हुने हाे र ?’

लोकपथ संवाददाता
0
Shares
kz’kltgfydf eQmhg efb| z’Sn t[tLofsf lbg dgfOg] xl/tflnsf -tLh_ kj{sf cj;/df kz’kltgfy dlGb/df k”hf Pj+ bz{g ug{ cfPsf dlxnf eQmhg gfrufg ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले सरकारले पार्टी प्यालेसमा तीज मनाउन प्रतिबन्ध लगाएको भन्दै विरोध गर्नुभएको छ । आइतबारको संसदको शून्य समयमा बोल्दै सांसद शाहीले महिलाले दुख गरेर बचाएको पैसाले वर्षदिनको चाड तीज मनाउन पार्टी प्यालेसमा प्रतिबन्ध लगाएको भन्दै आलोचना गर्नुभएको हो । उहाँले बिहेमा तडकभडक रोक्न ५१ जना भन्दा बढी जन्ती लान नहुने भनेकोमा त्यसमा सरकारको नजर नपुगेको समते उल्लेख गर्नुभयो ।

सांसद शाहीले महिलाले एकदिन तीज मनाउँदैमा देशको भष्टाचार नियन्त्रण नहुने बताउँदै पार्टी प्यालेसमा तीज मनाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?