विवाहित महिलासँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका प्रहरी जवानको शंकास्पद मृत्यु

काठमाडौं । महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । डेढ वर्षदेखि नागार्जुन नगरपालिका–३, ठूलो भ¥याङमा ३० वर्षीया एक महिलासँग बस्दै आएका प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका हुन् । मध्यराति साढे एक बजेतिर उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि प्रहरी टोली घटनास्थलमा पुग्दा, ठगुन्नाको शव भुइँमा लडिरहेको अवस्थामा फेला परेको स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

घटना शंकास्पद लागेपछि प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी सुवेदीले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानबाट घटना केही शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।

जवान ठगुन्ना २० वर्षका हुन् भने महिला ३० वर्षीया विवाहित हुन् । ती महिलाको श्रीमानको मृत्यु भइसकेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?