प्रधानमन्त्री ओलीको दाबी ‘सरकारले जनताको आलोचना व्यहोर्नुपर्ने काम गरेको छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको आलोचना व्यहोर्नुपर्ने अवस्था सिर्जना नगरेको दाबी गर्नुभएको छ । आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रप्रति प्रतिवद्ध सरकारले जनतामा निराश पार्ने काम नगर्ने जिकिर गर्नुभयो । सरकार लोकतन्त्रलाई सुदृढ गर्ने बाटोभन्दा वरपर जान नसक्ने उहाँको भनाई छ । त्यस्तै, उहाँले अहिलेको सरकार जनताको फ्रस्टेसनमा टेकेर नबनेको समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विरोधीहरुले सकारको लोकतान्त्रिक प्रतिवद्धताप्रति भ्रम फैलाएको आरोप समेत लगाउनुभयो । ’कहिलेकहिले यहाँ सरकारको लोकतन्त्रप्रतिको निष्ठाप्रति भ्रम फैलाउने काम भएको छ । यो हाम्रो विरोधीहरुले चलाउने हल्ला हो’, उहाँले भन्नुभयो ।

लोकतन्त्रका लागि आफूहरुले कोहीभन्दा कम त्याग र बलिदान नगरेको प्रधानमन्त्री ओलीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?