कञ्चनपुरमा १७ वर्षीय बलात्कृत, २ जना पक्राउ, ३ फरार

काठमाडौं । कञ्चनपुरमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

शुक्लाफाँटा नगरपालिका–९, नौखरीकी १७ वर्षीया किशोरीलाई ५ जनाको समूहबाट शुक्रबार राति बलात्कृत भएकी हुन् ।

इलाका प्रहरी कार्यालय, झलारीमा किशोरी बलात्कृत भएको उजुरी परेपछि २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बलात्कारमा संलग्नको अभियोगमा शुक्लाफाँटा नगरपालिका–९ सिर्सैयाका १९ वर्षीय धीरेन्द्र थापा र सोही ठाउँकै भूपेश ऐरलाई पक्राउ गरेको छ । अभियोग लागेका अन्य ३ जना भने फरार छन् । उनीहरूको खोजी जारी राखेर घटनाबारे अनुसन्धान भैरझेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?