प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै (भिडियोसहित)

appharu
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज सम्बोधन गर्दैहुनुहुन्छ । उहाँले समसामयिक राजनीतिक घटनाक्रम र सार्वजनिक महत्वका विषयमा सदनमा सम्बोधन गर्न लागेको बुझिएको छ । प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तरसमेत हुन सक्ने बताइएको छ ।
बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्ण कुमारी सुवेदीले वन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६, र राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशि श्रेष्ठले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६ पेश गर्नुहुनेछ ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भुमि सम्बन्धी (आठौ संशोधन) विधेयक, २०७५ माथि छलफल र पारित गर्न प्रस्ताव पेश हुने छ। संसद बैठक बिहान ११ बजे बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?