मोदीको भुटान भ्रमण : के छन् १० सम्झौतामा ?

appharu
0
Shares

दुईदिने भ्रमणका क्रममा भुटान पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानका प्रधानमन्त्री लोट्टे छिरिङबिच १० सम्झौतामा हस्ताक्षर भएको छ । भारत र भुटानको हित र सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफलपछि उहाँहरुबिच १० सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री मोदी र समकक्षी छिरिङबिच भएको सम्झौतामा भारत र भुटानबीच अन्तरिक्ष अनुसन्धान, हवाई, प्रविधि, उर्जा र शिक्षाका क्षेत्रमा दश सहमति पत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
दुइदिने भ्रमण सकेर मोदी आइतबार भारत फर्कने कार्यक्रम रहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?