४ जेष्ठ २०७९, बुधबार

सुरक्षाकर्मी र तस्करबीच दोहोरो भिडन्त

२०७४,पुष,१८,मंगलवार १५:३८

0
Shares

कपिलवस्तु, १८ पुस – वाणगंगा नगरपालिका–२ पिपराको लालमटिया सामुदायिक वनमा गएराति सुरक्षाकर्मी र वन तस्करबीच दोहोरो गोली हानाहान भएको छ वनमा तस्करी भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेका सुरक्षाकर्मी र तस्करबीच दोहोरो गाली हानाहान भएको सेक्टर वन कार्यालय पिपराका प्रमुख सुवासचन्द्र दासले जानकारी दिनुभयो लालमटिया सामुदायिक वनका पदाधिकारीले तस्करीबारे सेक्टर वन पिपरालाई जानकारी गराएपछि वनरक्षक, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन उपाभोक्ताको संयुक्त टोली वनमा पुगेको थियो । टोली पुग्नासाथ तस्कर समूहले गोली प्रहार गरेको जनाइएको छ जवाफमा सुरक्षाकर्मीले पनि गोली प्रहार गरेका थिए । सुरक्षाकर्मी र तस्करबीच १० पटकसम्म दोहोरो फायरिङ भएको थियो । त्यसपछि पक्राउ पर्ने डरले तस्करहरू मोटरसाइकल छाडेर भागेको प्रमुख दासले बताउनुभयो । सो क्रममा ३० दशमलव १३ क्युफिट गोलिया काठ र आठवटा मोटरसाइकल बरामद गरेको पनि उहाँले बताउनुभयो घटनास्थलबाट प्रहरीले लु२९प ३९६०, लु२५प ६९८९, लु९प १५१, लु२४प ६७९, लु१२प १२९५, लु२७प ७३९१, लु१४प २३३ र लु२८प ७०८१ नम्बरका मोटरसाइकल बरामद गरेको सेक्टर वन कार्यालय पिपराले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,१८,मंगलवार १५:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न

१  भोलि निर्वाचन, देशैभर मतदान हुने, स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगद्वारा जानकारी २  काठमाडौं महानगरमा १५६

१  मतदान गर्न अब २ दिन बाँकी, मौन अवधि कायमै, सबै सीमा नाकाहरु बन्द, सुरक्षा व्यवस्था चुस्त २  आज र

ताजा समाचार