राशिफलबाटै थाहा पाउनुहोस् तपाइको लागि भदौ महिना कति शुभ, कति अशुभ ?

काठमाडौं | आज भदौं १ गते आइतबार | हेर्नुहोस् तपाइको मासिक राशिफलबाटै भदौ महिना कति शुभ र कति अशुभ |
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

भाद्र महिनामा मिश्रित फल मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भ्रमण र तीर्थाटनको योग छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । मध्य महिनामा धन र समयको नोक्सानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्यभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

भाद्र महिनामा तपाईकोलागि नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अधिकार प्रातिका लागि निकै संघर्श गर्नु पर्ला । यात्रागर्दा वा सवारीसाधनको प्रयोगगर्दा सावधानी अपनाउनु पर्नेछ । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मध्य महिनामाभने धन सम्पत्ति हात पर्नेछ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेंलो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो महिनामा तपाईका आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । गरेको कार्यमा सफलता पाईनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि शनिदेवको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो महिनामा धर्म,कर्ममा रुची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शत्रुबाट विजय मिल्नेछ । महिनाको अन्त्य त्यति राम्रो देखिँदैन, व्यर्थको सास्ति खेप्नु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क २,४ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । कला र गलाको प्रभाव बढ्दै जानेछ । देश विदेशको भ्रमण हुनेछ । राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । तर अनावश्यक धन र परिश्रम खर्चपनि हुनेछ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक लाभ मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो महिनामा तपाईको घर परिवारमा झै–झमेलाको अवस्था आउला । शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला । स्वस्थ्मा समस्या देखिनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । महिनाको पूर्वार्धमाभने रमाईलो यात्रा हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हल्का पहेंलो वा नीलो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । बिश्वास गरेकाले साथ दिनेछन् । पढाई लेखाईमा उल्लेख्य सुधार आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । लाभदायक यात्रा रहला । विशेषगरी विदेशिएका विद्यार्थीहरूले सफलता हाँसिल गर्नेछन् । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुभगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

जोश जाँगर र हिम्मत वढ्नेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । मंगल कार्यको योग छ । वाक्चतुर्याईँले सङ्कल्पहरू शिद्ध हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । वाहान लाभ हुने समय आएकोछ । मध्य महिनामाभने अनाबस्यक आरोप लाग्ने र धनमाल हराउने योग भएकाले सजग रहनुहोला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

भाद्र महिनामा नयाँ कार्यको प्रारम्भ सुरु गर्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । महिनाको आन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । सेयर बजारमा केहि उतारचढाव हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो महिना मध्यम रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । आफन्तहरू संग भेटघाट हुनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । रमणीय र सुखद् यात्राको योगपनि छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

पारिवारिक स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ अत: ऋण र रोगको भय रहिरहनेछ । तपाई विरुद्ध षड्यन्त्रको योजना बन्न सक्छ । मध्य महिनाबाट छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ७ र शुभ रङ्ग निलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

भाद्र महिनामा आफ्नो पेशामा बढुवा तथा सरुवाको योग रहेकोछ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । महिनाको अन्त्यमा अनाबश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । प्रेम र मित्रताको बन्धनमा मनमुटाव बढ्न सक्छ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सुन्तलारङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शनगरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल
    977-9849559502
    (अधिक जानकारीको लागि )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?