तुहियो १५ करोड कमाउने सपना

appharu
0
Shares

हेटौंडा । आर्थिकरुपमा अतिविपन्न चेपाङहरु बारम्बार ठगिँदै आएका छन् । यही शृंखलामा मकवानपुरका चेपाङ समुदायलाई घर बनाइदिने भन्दै ठगी गर्नेहरु प्रहरीको नियन्त्रणमा परेका छन् । आफ्नै समुदायप्रति अन्याय गर्ने मकवानपुरका पाँच चेपाङलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको हो ।

काठमाडौंको माछापोखरी चोकमा चितवनको राप्ती नगरपालिकाका सन्तोष प्रजा र जगमणि प्रजासँग फारम भरेबापत् रकम भनी २ हजारका दरले असुलेर कागज गर्दैगर्दा उनीहरु पक्राउ परेका हुन् ।मकवानपुर र चितवनको चेपाङ बस्तीमा ३ सय वटा घर बनाइदिने भन्दै ठगी गर्ने गिरोह नै काठमाडौंमा पक्राउ परेको हो । घर बनाइदिने भन्दै सर्वसाधारणसँग उनीहरुले प्रतिफारम शुल्कका नाममा २ हजार रुपियाँ असुलेको आरोप छ ।

पक्राउ पनेरुमा राक्सिराङ–५ का ३८ वर्षीय दानियल भनिने श्यामबहादुर प्रजा (चेपाङ), ३४ वर्षीय बिनोद प्रजा (चेपाङ), ३० वर्षीय दीपक प्रजा (चेपाङ), २५ वर्षीय प्रिन्स भनिने राजकुमार प्रजा (चेपाङ) र २४ वर्षीय राज प्रजा (चेपाङ) रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको १५ करोड कमाउने प्रपञ्च प्रहरी सक्रियतामा तुहिएको हो ।नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?