युवालाई कृषिमा आकर्षण गर्न ५० करोड रुपैयाँ अनुदान

appharu
0
Shares

काठमाण्डौं । सरकारले युवालाई कृषिमा आकर्षण गर्न ५० करोड रुपैयाँ अनुदान वितरण गर्ने तयारी गरेको छ ।

कृषि उद्यम गर्ने युवालाई न्यूनतम ५ देखि १० लाख रुपैयाँसम्म अनुदान वितरण गर्न लागेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका र पढेलेखेका युवालाई कृषिमा सहभागी गराउन यस्तो कार्यक्रम ल्याइएको हो ।

युवालाई कृषिमा लाग्न अभिप्रेरित गर्न अनुदान दिन लागिएको मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिनुभयो । आजको नागरिक दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?