‘बबईको विकासले गति लिन्छ’ : मुख्यमन्त्री पोखरेल

appharu
0
Shares

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पश्चिम दाङमा रहेको बबई गाउँपालिकाको विकासले तीब्रता पाउने बताउनुभएको छ ।

बबई गाउँपालिका–५ को पदमपुरमा निर्माण गरिएको बहुउद्देश्यीय सभाहलको शनिबार उद्घाटन गर्नुहुँदै उहाँले गाउँपालिकाभित्र हुने सभा, सम्मेलनलगायतका कार्यक्रममा उपयोग हुनुका साथै विपद्का बेलामा जनतालाई ओत लाग्न सजिलो हुने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले दाङ–सुर्खेत सडकखण्ड निर्माणको काम रकम अभावका कारण नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो, “जीर्ण रहेको सो सडक आफ्नै पहलमा कालोपत्र गर्ने काम भएकाले रकम अभावका कारण कालोपत्र गर्ने काम अब रोकिन्न र त्यसको जिम्मेवारी म लिन्छु ।”

उहाँले अब विभिन्न भौतिक पूर्वाधारको काममा ढिलाइ गर्नेको ठेक्का रद्द गर्नेदेखि अनुमतिपत्र खारेज गर्नेसम्म कानून बनाउन लागिएको जानकारी दिनुभयो । उहाँले हापुरे–कोहलपुर सडक जोड्नका लागि पनि सम्भाव्यता अध्ययनको काम शुरु भएको बताउनुभयो ।

प्रदेश सरकारको रु ६० लाखको लागतमा निर्माण गरिएको बहुउद्देश्यीय सभागृहमा ५०० जना अट्न सकने क्षमता छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?