प्रधानमन्त्रीसँग प्रचण्डकाे भेट

काठमाडौं, १८ पुस। माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएकाे छ। मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनकाे मिति तत्काल ताेक्न र प्रदेश प्रमूखकाे नियुक्ति राजनीतिक सहमतिका अाधारमा मात्र गर्न प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराउनु भएकाे थियाेभेटमा अध्यक्ष प्रचण्डले सरकार र निर्वाचन अायाेगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाई भएकाे भन्दै छिटाेभन्दा छिटाे राष्ट्रिय सभाकाे निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमूख नियुक्त गर्न प्रधानमन्त्रीलाई अाग्रह गर्नुभएकाे हाे। भेटमा प्रधानमन्त्री देउवाले छिटै राष्ट्रिय सभाकाे निर्वाचन गर्न निर्वाचन अायाेगसँग परामर्श गर्न लागेकाे जानकारी दिँदै अाफू राजनीतिक सहमतिकै अाधारमा अघि बढ्ने जानकारी गराउनु भएकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?