एनआइसी एसिया बैंकको नाफा १२९ प्रतिशतले बढ्यो, ३ अर्ब ५ करोड नाफा

काठमाडौं । एनआइसी एसिया बैंकले गत आर्थिक बर्षमा ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा एक अर्ब ३३ करोड नाफा भएको बैंकमा आर्थिक वर्ष ०७५/०७६ मा १२९ प्रतिशतले वृद्धि भएर ३ अर्ब ५ करोड नाफा पुगेको हो ।

बैंकले कुल आम्दानी ७७ प्रतिशतले बढाएर ९ अर्ब ५१ करोड आर्जन गरेको छ । यस अवधिमा खुद ब्याज आय ६५ प्रतिशत अर्थात् २ अर्ब ७५ करोडले वृद्धि गरी ६ अर्ब ६९ करोड पुर्‍याएको छ ।
बैंकले वासलातको आकार नै २७ प्रतिशतले बढाएर २१७ अर्ब ७० करोड पुर्‍याएको रोडले बढेर १८० अर्ब ५८ करोड पुगेको छ ।


यस्तै, बैंकको प्रति शेयर आम्दानी ३४.५६ तथा स्वपुँजीमा प्रतिफल २५.१६ प्रतिशत कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?