९ जेष्ठ २०७९, सोमवार

ओलीलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्र भैसक्यो, माओवादी केन्द्रसँग एकता गरिँदैन्: महासेठ

२०७४,पुष,१८,मंगलवार ११:१५

0
Shares

काठमाडौं, १८ पुस । नेकपा एमालेका नेता रघुवीर महासेठले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन देशी तथा विदेशीहरुको षड्यन्त्र सुरु भएको आरोप लगाएका छन् मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेता महासेठले भने,‘हाम्रो पार्टीका श्रद्धय अध्यक्ष कमरेड ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नको लागि षड्यन्त्र भैरहेको छ, तर जनताले हामीलाई म्याण्डेट दिएका छन्, जनताको चाहना केपी ओली नै मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने हो।’उनले जनताको पहिलो रोजाईमा ओली नै परेको जिकिर गरे । उनले भने,‘जनताले त ओलीकै नाममा वाम गठबन्धनलाई बहुमत दिएका हुन्, तर अहिले उहाँलाई रोक्नको लागि विभिन्न खाले षड्यन्त्रहरु सुरु भएका छन्।’ निर्वाचन सम्पन्न भएपछि मुलुक स्थिरत राजनीतिको यात्रामा अघि बढ्ला भनेर आफूहरुले सोचेको भएपनि मतपरिणाम सार्वजनिक भएसँगै चलखेल सुरु भएको उनको आरोप थियो धनुषा ४ बाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री समेत रहेका नेता महासेठले अहिले देशी तथा विदेशी शक्तिहरुले ओलीको नेतृत्वमा सरकार बन्नुहुँदैन भनेर षड्यन्त्र सुरु गरेको गम्भिर आरोप लगाए । षड्यन्त्रको प्रमुख गोटी भने निर्वाचन आयोग बनेको उनको आरोप थियो महासेठले भने,‘अहिले प्रत्यक्ष रुपमा निर्वाचन आयोगको भूमिका देखियो, आयोग गोटी बनेको छ, यो कुरा छर्लङ् भैसक्यो, प्रधानमन्त्रीको चयन र समानुपातिकको नतिजा प्रकाशनको लागि राष्ट्रिय सभाको गठन आवश्यक छैन, तर आयोगले संविधानको नै अपव्याख्या गरिरहेको छ।’ उनले संविधानको धारा ७६ मा सबै कुरा स्पष्टसँग लेखिएको भन्दै उक्त धारलाई गलत रुपमा व्याख्या नगर्न आयोगको ध्यानाकार्षण समेत गराए त्यस्तै उनले प्रत्येक प्रदेशमा छुट्टाछुट्टै दिन निर्वाचन गर्ने भनेर तयारी गरिएकोप्रति टिप्पणी गर्दै भने,‘२५ गते चुनाव गर्ने अनि सबै प्रदेशमा छुट्टाछुट्टै दिन निर्वाचन गर्ने भनिएको छ, यो पनि समय लम्ब्याउने खेल हो।’ उनले आयोगले देखादेख संविधानको धज्जी उडाएको समेत आरोप लगाए । उनले भने,‘देउवाले दुई चार महिना अझै सत्ता लम्ब्याउने खेल खेले, वाम गठबन्धन टुटाउन सकिन्छ कि भनेर खेल सुरु भएको छ, तर यो खेल सफल हुन दिँदैनौं।’महासेठले आयोग प्रधानमन्त्री देउवाको मात्रै गोटी नबनेर कतै नेपालको प्रगति हेर्न नचाहाने विदेशी शक्तिहरुको गोटी त बनेको छैन भनेर अहिले प्रश्न उब्जिएको समेत स्पष्ट पारे । उनले निर्वाचन आयोग र प्रधानमन्त्री मात्रै नभएर मधेशवादी दलका नेताहरुपनि गोटी बनेको गम्भिर आरोप लगाए । उनले थपे,‘उहाँहरुको बोली एकथरी हुन्छ अनि व्यवहार अर्कोथरी देखिएको छ, उहाँहरुको हेडक्वार्टर कहाँ छ ? यो आश्चर्य लागेको छ।’त्यस्तै उनले २ नम्बर प्रदेशमा मधेशवादी दलहरुले आपसी समझदारीमा मिलेर सरकार बनाएर राम्रो हुनेथियो भन्ने धारणा राखे । यद्धपी उनले आफूहरुले त्यस्तो संभावना नदेखेको जिकिर गरे । उनले भने,‘यदि आवश्यक पर्यो भने हामी बाहिरै बसेर भएपनि सरकार बनाउन सहयोग गर्छौं।’

प्रकाशित मिति: २०७४,पुष,१८,मंगलवार ११:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राप्रपा नेपालले गाई चुनाव चिह्न दिन निर्वाचन आयोगसँग माग गर्ने निर्णय गरेको छ । कमल थापाको अध्यक्षतामा सोमबार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिका तथा महिलामाथि हुने बलात्कारको मुद्धा अनुसन्धानका लागि आवश्यक कानुन संशोधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले श्रृङखलावद्ध

काठमाडौं । ५१ जना सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादीका १४ सांसद छन् । तर, यस पटकको स्थानीय तहको

ताजा समाचार