अभिनेत्री सुभद्रा अधिकारीको निधन

काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको शनिबार निधन भएको छ । निमोनियाबाट पीडित रहेकी अधिकारीको ७२ वर्षको उमेरमा डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।

करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गर्नुभएको छ। उहाँले चिनो, कन्यादान, भाउजु लगायत चर्चित चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गर्नुभएको छ। उनको पहिलो फिल्म ‘मनको बाँध’हो ।

पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । उनका एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?