तिब्बती शरणार्थीको सन्तानलाई नागरिकता दिलाउन सहयोग गर्ने वडाध्यक्ष पक्राउ

काठमाडौं । तिब्बती शरणार्थीको सन्तानलाई नागरिकता दिलाउन सहयोग गरेको आरोपमा पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा अध्यक्ष थापासहित वडा सदस्य ज्ञानबहादुर थापा र स्थानीय पञ्जिधिकारी राजेन्द्र पौडेल रहेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका २५ हेम्जास्थित तिब्बती शरणार्थी शिविरमा बस्ने सरु थापामगर र तासी आङ्मो थापामगरले जेठ २६ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको खुलेको थियो । झूटो विवरण पेश गरेर नागरिकता लिएको खुलेपछि साउन २४ गते नै ८ जनालाई पक्राउ गरिसकेको छ ।

पोखरा १८ बस्ने लेखबहादुर थापाले तिब्बती शरणार्थीसँग बिहे गरेकी आफ्नी छोरीको सन्तानलाई वंशज नागरिकता दिलाउन उनले जिल्ला प्रशासन कार्यालयमा झूटो विवरण पेश गरेको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?