एलिजाको एक करोडको अनुरागमा ऋषि धमलाको भुमिका के होला ?

काठमाण्डौं, २६भदौ ।चलचित्र ‘अनुराग’ बाट पत्रकार ऋषि धमला पत्नि एलिजा गौतम हिरोइन बन्ने भएकी छिन । दुई सन्तानकी आमा एलिजा आफ्नै लगानीमा फिल्मकी हिरोइन बन्ने भएकी हुन । सत्यराज चौंलागाईंले निर्देशन गर्ने फिल्म ‘अनुराग’ मा एलिजाको अपोजिटमा मोडल दिपक घिमिरे प्रस्तुत हुँदैछन ।गत साता फिल्मको प्रेसमिटमा पति ऋषि धमलाले दुई सन्तान जन्माएर फिल्म खेल्न लागेकी पत्नीलाई सबैले साथ र हौसला दिन आग्रह गरे । अनुराग निर्माणमा आफुले सक्दो सहयोग गर्ने धमलाले बताए । एलिजाले फिल्म खेल्ने आफ्नो रहर पुरा गर्न आँफै निर्माणमा होमिएकि छन । फिल्ममा ऋषि धमलाको अनस्क्रिन भुमिका रहने वा नरहने बारे केही खुलाईएको छैन । फरक खालको साँगीतिक प्रेम कथा भनिएको फिल्मको छायाँकन छठदेखि सुरु हुनेछ । फिल्मको बजेट करिब एक करोड बताइएको छ ।रामकुमार केसीको छायाँकन रहने फिल्ममा तारा प्रकाश लिम्बु र सरोज पोखरेल संगीतकारको रुपमा रहेका छन् भने कथा किरण दाहालको रहेको छ । नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन् । पटकथा तथा संवाद निर्देशक चौलागाईं र आगत केसीको छ । फिल्ममा एलिजा र दिपकसँगै अभिनेता सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतको अभिनय रहनेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?