तेस्रो चरणबाट बाहिरिए फेडेरर

एजेन्सी । स्विस टेनिस स्टार रोजर फेडेरर सिनसिनाटी मास्टर्सको तेस्रो चरणबाट बाहिरिएका छन् ।

शुक्रबार बिहान भएको खेलमा रसियन खेलाडी आन्द्रे रुब्लेभसँग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।

सात पटकको च्याम्पियन फेडेररलाई २१ वर्षे रुब्लेभले ६-३ र ६-४ को सेटमा पराजित गरे । २० पटकको ग्राण्डस्लाम विजेता फेडेररलाई हराउन रुब्लेभले १ घण्टा भन्दा बढीको समय लगाए ।

अब रुब्लेभले क्वाटरफाइनलमा डानिल मेडभेदेबसँग खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?