विन्टर ओलम्पिकअघि उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाको प्रस्ताव

सोल, १८ पुस । दक्षिण कोरियाले विन्टर ओलम्पिकमा उत्तर कोरियाली खेलाडीको सहभागिताका विषयमा छलफल गर्नका लागि ९ जनवरीमा उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको छ उत्तर कोरियाली नेता किम जोङ–उनले आगामी फेब्रुअरीमा हुने विन्टर ओलम्पिकमा उत्तर कोरियाली खेलाडीको सम्भावित सहभागिताका बारेमा विचार गर्दै गरेको बताएको भोलिपल्टै दक्षिण कोरियाले उच्च स्तरीय वार्ताका लागि प्रस्ताव गरेको हो नेता किमले यस विषयमा तत्कालै दुवै देशबीच सम्भव भएसम्म छिटो वार्ता हुनुपर्ने बताएका थिए । दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले आफूले यसलाई दुई देशबीचको तनावपूर्ण सम्बन्ध सुधारका लागि उपयुक्त मौकाका रुपमा हेरिरहेको बताए मंगलबारको मन्त्रिपरिषदको बैठक पछि राष्ट्रपति मुन जे–इनले उत्तर कोरियाको परमाणु कार्यक्रम यो उच्च स्तरीय वार्तामा छलफलको विषय नबन्ने बताए उनले भने, ‘उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार उत्तर कोरियाको परमाणु कार्यक्रमबाट अलग राखेर हुन सक्दैन । त्यसकारण विदेश मन्त्रालयले सहयोगी र अन्तर्राष्ट्रिय समुदायसँग मिलेर समन्वय गर्न आवश्यक छ ।’दक्षिण कोरियाका एकता मामिला सम्बन्धि मन्त्री जो म्युङ्–ग्युनले दुई देशका प्रतिनिधिहरूले ‘युद्धविराम गाउँ’ भनिने पान्मुन्जोममा भेट गर्न सक्ने प्रस्ताव गरेका छन् उच्च सुरक्षा दिइएको असैनिक क्षेत्र (डीएमजेड) मा पर्ने सो सीमावर्ती गाउँमा दुवै देशबीच ऐतिहासिक वार्ताहरु हुदै आएका छन् यसअघि दुई देशका अधिकारीबीचको उच्च स्तरीय वार्ता संयुक्त औद्योगिक क्षेत्र क्वेसाङमा सन् २०१५ को डिसेम्बरमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?