अभिनेत्री श्रीदेवीको जीवनीमा पुस्तक

appharu
0
Shares

एजेन्सी । बलिउड अभिनेत्री स्व. श्रीदेवीको बायोग्राफी आउने भएको छ । श्रीदेवी गर्ल वुमन सुपरस्टारु शीर्षकको पुस्तक पेन्गुइन रेन्डम हाउस इन्डियाले प्रकाशित गर्ने घोषणा गरेको हो ।

पुस्तकको लेखनमा सत्यार्थ नायकले सघाउनु भएको छ । श्रीदेवीका पति बोनी कपूरले पुस्तक प्रकाशनका लागि सहमति दिनुभएको छ । श्रीदेवीको गत वर्ष निधन भएको थियो ।

प्रकाशन संस्थाका अनुसार किताबमा श्रीदेवीको जीवन र उहाँसंग जोडिएका रोचक सन्दर्भहरु समेटिएका छन् ।

पुरुष प्रधान फिल्म उद्योगमा एक महिला कसरी स्टार बन्न सकिन्, पुस्तकले बोल्नेछ । पुस्तक आउँदो अक्टोबरमा प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?