४ जेष्ठ २०७९, बुधबार

डोकलाम समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलेका गोखले भारतीय विदेश सचिव नियुक्त

२०७४,पुष,१८,मंगलवार ०८:५३

0
Shares

नयाँ दिल्ली, १८ पुस । भारतको नयाँ विदेश सचिवमा वरिष्ठ कूटनीतिज्ञ विजय केशव गोखले नियुक्त भएका छन् वर्तमान विदेश सचिव एस जयशंकरको पदावधि यही जनवरी २८ मा सकिएपछि गोखलेले पदभार ग्रहण गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ सन् १९८१ मा अधिकृतबाट भारतीय विदेश सेवामा प्रवेश गरेका गोखलेले यसअघि चीनका लागि भारतीय बिशेष दूत भएर काम गरिसकेका छन् । उनी भारतीय बिदेश मन्त्रालयको आर्थिक सम्बन्धतर्फका सचिव थिए उनले गत वर्ष डोकलाम विवाद समाधानका लागि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । डोकलाम विवाद उत्कर्षमा रहेका बेला उनले भारत र चीनलाई वार्ताको टेबलमा ल्याउन सफल भएका थिए एस जयशंकर सन् २०१५ को जनवरी २९ मा भारतीय विदेश सचिवमा नियुक्त भएका थिए । गत वर्ष उनको कार्यकाल १ वर्ष थप गरिएको थियो ।

प्रकाशित मिति: २०७४,पुष,१८,मंगलवार ०८:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उत्तर कोरियामा कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ । राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले थप २

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामाथि लगाएको कठोर प्रतिबन्ध सहज पार्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । बाइडेन प्रशासनले स्वीकृत

काठमाडौं । ७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा पेट्रोल हाहाकारको अवस्थामा पुगेको छ । नयाँ प्रधानमन्त्री रनिल

काठमाडौं । युक्रेनले मारिओपोलको एजोभस्टाल स्टिल कारखानामा दुई महिनाभन्दा बढी समयदेखि फसेका आफ्ना सयौँ लडाकुलाई बाहिर निकालेको पुष्टि गरेको छ

ताजा समाचार