नेकपाको सचिवालय बैठक बस्दै, स्कुल विभागको विवाद अझै जारी, अन्यमा पनि सकस

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज(बिहिबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा नेताहरुको कार्य विभाजनलगायत एकीकरणका बाँकी काम टुंगो लगाउन छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा महासचिव विष्णु पौडेलले कार्य विभाजनको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

यसअघि, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि मंगलबार र बुधबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

नेकपामा स्कूल विभागको नेतृत्वको टुंगो लगाउन नसक्दा बैठक पटकपटक सारिँदै आएको छ । पछिल्लो समय महिला, युवा र मजदुर विभागको प्रमुखमा समेत विवाद देखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?