मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम बिस्फोट

काठमाडौं । कोटिलागाँउबाट रास्कोटको एक कार्यक्रमको उद्घाटन गर्न जाने क्रममा नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि बिहीबार बम बिस्फोट गराएका छन् ।

मुख्यमन्त्री शाहीलाई लक्षित गरि बिहान १० बजे रास्कोटमा फेरि दुई वटा बम बिस्फोट भएको हो ।

मुख्यमन्त्री शाहीको गृहस्थान कोटिलागाँउबाट रास्कोटको एक कार्यक्रमको उद्घाटन गर्न हिँडेका शाहीलगायत कर्णाली प्रदेश सदस्य कुर्मराज शाहीलाई लक्षित गरी रास्कोटको कृर्षि जेटिय कलेज नजिकै बम बिस्फोट भएको डीएसपी विनोद शर्माले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव समूहका कार्यकर्ताले दिनप्रति दिन बम बिस्फोट गदै आएका छन् ।

बुधबार दिउँसो मात्र पचाल झरना गाउँपालिकाको कार्यक्रममा सम्बोधनका बेला दुई वटा वम बिस्फोट गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?