सुनको भाउले फेरी राख्यो नयाँ रेकर्ड, कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि आकाशिएको छ । विहिबार सुनको मुल्य एकै दिन १२ सयले बढेर ७१ हजार ५ सय कायम भएको छ ।
बुधबार सुन प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार यसअघिको पुराना रेकर्ड ब्रेक गर्दै सुन ७१ हजारमा कायम भएको थियो । सो रेकर्ड तोड्दै सुनको मुल्यले फेरी आज नयाँ रेकर्ड राखेको छ ।

त्यस्तै चाँदी आज ८ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?