२ जेष्ठ २०७९, सोमवार

४८ घन्टामा अनमोललाई १० लाख दर्शक

२०७४,पुष,१८,मंगलवार ०६:३९

0
Shares

काठमाडौं – अभिनेता अनमोल केसीको चर्चा दिन प्रतिदिन चुलिदो छ । उनले जुन चलचित्र अभिनय गरेपछि चर्चाको केन्द्र बिन्दुमा रहने गरेको छ यी नै अनमोल अभिनित पछिल्लो चलचित्र ‘कृ’ को ‘यति यति पानी गंगा रानी’ बोलको गीत पनि अहिले हिट भएको छ । गीत सार्वजनिक भएको ४८ घन्टामै १० लाख भन्दा बढी पटक हेरिएको छ । नेपाल युटुब ट्रेन्ड्रिङ तेश्रो नम्बरमा आउन सफल यो गीतमा अनमोलले गरेको नृत्य समेत मनपराइएको छ अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको एक्सन छ सुवास गिरी र भूवन केसीले मिलेर निर्माण गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह–निर्माता छन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, सरोज खनाल, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । २६ माघ बाट चलचित्र रिलिजमा आउँदैछ हेर्नुहोस भिडियो:

प्रकाशित मिति: २०७४,पुष,१८,मंगलवार ०६:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

छत्तिसढको राइपुरस्थित एउटा विमानस्थलमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ । दुर्घटनामा क्याप्टेन गोपालकृष्ण पाण्डा र

मतदानको दिन सवारी साधन सञ्चालनमा रोक लागेको छ । जसले गर्दा निकै व्यस्त काठमाडौंका सडक यतिबेला भने सुनसान देखिएका छन्

हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । मतदान सुरु हुनुभन्दा अगाडिय हेटौंडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको

ताजा समाचार

बाँकेमा यस्तो छ मतगणनाको अवस्था
 २०७९,जेष्ठ,२,सोमवार १३:२५
झापाका दुई पालिकामा मतगणना स्थगित
 २०७९,जेष्ठ,२,सोमवार १३:२०