चोटका कारण रोनाल्डोले प्रि-सिजनको अन्तिम खेल गुमाउने

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले प्रि–सिजन अन्तर्गतको अन्तिम खेल गुमाउने भएका छन् ।

भिल्लार पिरोसामा बुधबार हुने प्रि–सिजन अन्तर्गतको अन्तिम खेलमा रोनाल्डो अनुपस्थित रहने युभेन्ट्सले जनाएको छ ।

युभेन्ट्सले अन्तिम तयारी स्वरुप अभ्यास खेल खेल्दैछ । युभेन्ट्सले अगष्ट २४ मा पर्माविरुद्व खेल्दै सिरि एको उपाधि रक्षाको सुरुवात गर्नेछ ।

प्रशिक्षक माउरिजियो सर्रीसंग अब मैत्रीपूर्ण खेल बाँकी छैनन् । तर क्लब टुरिन नजिकै रहेको परम्परागत अभ्यास स्थलमा गएर अन्तिम अभ्यास खेल खेल्न लागेको छ ।

चोटका कारण रोनाल्डोलाई सो अभ्यास खेलमा सहभागी गराईने छैन । रोनाल्डोको चोटलाई निकै सुष्म रुपमा हेरिएको क्लबले जनाएको छ । सर्रीले कोरियामा भएको मैत्रीपूर्ण खेलमा रोनाल्डोलाई खेलाएका थिएनन् ।

युभेन्ट्सले ईन्टरनेश्नल च्याम्पियन्स कपमा मात्र एक खेल जितेको थियो । उसले निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ईन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराएको थियो । सो खेलमा रोनाल्डोले बराबरी गोल फर्काएका थिए ।

टोटेनहमसंग हार ब्यहोरेको खेलमा समेत रोनाल्डोले खेलेका थिए । एट्लेटिको मड्रिडविरुद्वको खेलमा समेत रोनाल्डोलाई खेलाईएको थियो ।

पोर्चुगलका सुपरस्टार रोनाल्डोले सिरि एको पहिलो सिजनमा २१ लिग गोल गरेका थिए । र ८ गोलको अवसर सिर्जना गरेका थिए । उनकै प्रेरणादायी प्रर्दशनमा युभेन्ट्सले सिरि एको उपाधि जितेको थियो ।

योसंगै रोनाल्डो स्पेन, ईङल्याण्ड र ईटालीबाट लिग उपाधि जित्ने पहिलो खेलाडी बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?