३० श्रावण २०७६, बिहीबार ०८:१०

सम्पन्न भईसक्नुपर्ने सडकको भौतिक प्रगति २१ प्रतिशत


प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार ०८:१०

काठमाणडौं । सम्झौता अनुसार काम भएको भए पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाअन्तर्गत पर्ने सुवाघाट–टुँडीखेल जोड्ने सडक गत आर्थिक बर्षभित्रै निर्माण सम्पन्न भएर गाडी सञ्चालन भइसक्थे।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २५ किलोमिटर यो सडक निर्माणको जिम्मा लुम्बिनी र एमकेरलोहनी जेभी काठमाडौंले लिएको थियो । गत आर्थिक बर्षभित्रै निर्माण सम्पन्न हुनुपर्ने सडकको भौतिक प्रगति २१ प्रतिशत मात्रै छ।

२०७४ असार २८ गते सो निर्माण कम्पनीले १२ करोड ४५ लाख ४० हजार ९४२ रुपैयाँमा २०७६ असार मसान्तभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो। सम्पन्न गर्ने समयसम्म २१ प्रतिशत मात्रै भौतिक प्रगति गरेको कम्पनीलाई सडक डिभिजन कार्यालय चौरजहारी (रुकुम पश्चिम) ले एक वर्ष म्याद थपेको छ।

प्रदेश मन्त्रालय मातहत आउनुअघि यो सडक डिभिजन सडक कार्यालय सुर्खेतको कार्यक्षेत्रभित्र थियो। उतिबेलै समयमै काम सम्पन्न गर्न डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई तीनपटक पत्र काट्यो। निर्माण कम्पनीले कुनै पनि पत्रको जवाफ दिएन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक वृद्धिदर उच्च हुने देशमा नेपाल पनि समेटियो

बेलायती म्यागजिन द इकोनोमिस्टले आर्थिक बृद्धिदर उच्च हुने शीर्ष दश मुलुकको सूचीमा नेपाललाई

चीनमा मोबाइल फोनमा कडाइ, सेवा लिन अब अनुहार स्क्यान गर्नुपर्ने

चीनले मोबाइल सेवा प्रयोगकर्तामाथि कडाइ गरेको छ । सरकारले लागू गरेको नयाँ नियमअनुसार

अपेक्षाभन्दा कम स्वर्णमा सकियो तेक्वान्दो

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) तेक्वान्दोमा नेपालले आठौं सागको कीर्तिमान भंग

अवैध हतियारको सकसमा मधेस

अवैध हतियारको सकसमा मधेस शीर्षकमा समाचार छ । ससाना विवाददेखि रिसइबी, छलफलमा पनि