फिल्म खेल्न धुर्मुसलाई ५० लाखको अफर

appharu
0
Shares

काठमाण्डौं । नेपाली फिल्म निर्माणको बजेट बढीमा ५० लाख वरिपरी हो भन्ने कुरा जति झुक्याए पनि नझुक्किने पाटो हो।तापनि ५० लाख त पारिश्रमिककै अफर आयो भन्ने हल्ला चलिरहन्छ, नेपाली फिल्म बजारमा ।

पहिला अनमोल केसीले यो हल्ला चलाए, सेलायो । पछि प्रदीप खड्काले ५० लाखको हल्ला चलाउने प्रयास गरे, तर असफल भए ।

यो ५० लाखे हल्ला क्याम्पमा कमेडियन कलाकार हुँदै समाजसेवी हुने तहडमा लागेका धुर्मुस अर्थात सीताराम कट्टेलको पनि प्रवेश भएको खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

उनी चार वर्षदेखि समाजसेवामा छन् । बल्लबल्ल घर चलाइरहेको छु भनेर कतैकतै सँक्कसुँक्क पनि गरेको देखिन्छ ।

तापनि लाखौँ खर्चिएर फिल्म बनाउन कस्सिएका छन् उनी ।

यही मौकामा ५० लाखको गफ पनि फ्याँकि हाले, ‘यो बीचमा फिल्म खेल्ने अफर नि आथ्यो ५० लाख पारिश्रमिक प्लस सेयर’ भन्दै। धुर्मुसले पो भनेको हो त पत्याउनु परिहाल्यो…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?