१० जेष्ठ २०७९, मंगलवार

नयाँ वर्षको नाममा खुलेआम जुवातास, प्रहरी बन्यो मुकदर्शक

२०७४,पुष,१८,मंगलवार ०६:३९

0
Shares

दिनेश खड्काविराटनगर, १८ पुष । अंग्रेजी नयाँ वर्ष मनाउने नाममा विराटनगरको मध्यवजारमा खुलेआम जुवातास चलिरहदा प्रहरी मुकदर्शक बनेको छ विराटनगरको मुख्यबजारमै रहेको अतिथि सदनमा आईतवारराति आयोजना भएको नयाँ वर्ष लक्षित ‘स्टार नाईट प्रोग्राम’ मा खुलेआम जुवातास संचालन भएको हो कार्यक्रममा आयोजकले छुटै स्टल नै वनाएर कानुनद्धरा वर्जित गरिएको जुवा तास लगायतका खेलहरु खेलाइदा समेत प्रहरीले कसैलाई नियन्त्रणमा लिएन खुलेआम रुपमा जुवातास खेलाएको बारेमा मोरङका डिएसपी विश्वहरि कोईरालालाई जानकारी गराएपनि प्रहरी टोली करिब डेढ घण्टा ढिलो सो स्थानमा पुगेको थियो । प्रहरी टोली पुग्दासम्म जुवातास संचालकहरु फरार भईसकेका थिए उक्त कार्यक्रम भईरहेको ठाउँ भन्दा १ सय मिटरको दुरीमा वडा प्रहरी र ५ सय मिटरको दुरीमा जिल्ला प्रहरी कार्यलय रहेको छ । यति छोटो दुरीवाट प्रहरी आउन डेढ घण्टा लाग्नुमा अयोजक र प्रहरीबीच साँठगाँठ हुनसक्ने आशंका गरिएको छ डेढ घण्टा ढिलो घटनास्थलमा पुगेको प्रहरीले सो ठाउवाट केहि हौजीको टिकटवाहेका केहि भेटाउन सकेन जुवातास संचालन गर्नेमा उच्च व्यापारीक तथा औद्योगिक घरानाका व्यक्तित्व रहेकाले हालसम्म कोही पक्राउ पर्ने नसकेको स्रोतको दावी छ । सो घटनावारे छानविन प्रक्रिया कहाँ पुग्यो भन्ने विषयमा जिल्ला प्रहरी मोरङको कुनै प्रतिक्रिया आएको छैन् प्रहरीको नाककै अगाडि जुवातास संचालन भईरहदापनि संचालकहरुको व्यक्तित्वका कारण प्रहरीले कसैलाई नियन्त्रणमा लिनसकेको छैन् । उद्योगिक व्यापारिक घरानाका सदस्यजनहरुले विराटनगरमा आयोजना गरेको जुवा मेलाको कारण प्रहरीले कामकारवाही अघि वढाउन नसकेको स्रोतको दावी छ जुवा संचालन गर्नेमा मनोज मुन्दरा, नरेश वायती लगायत एक दर्जन माडवाडी समुदाय व्यक्तित्वहरु रहेको खुल्नमा आएको छ । दुई दिनसम्म संचालनमा आएको जुवा मेलामा करिब २० लाख भन्दा वढीको जुवा संचालकलाई आमदानी भएको स्रोतको भनाई छ मेला र जुवा खालका संचालकलाई कारवाहीको प्रक्रिया नल्याए दण्डहिनता बढ्ने र अपराधिहरुलाई समेत अपराध गर्ने प्रोत्सान मिल्ने भएकाले यसका नियन्त्रको लागि संचालकलाई कार्यवाही गर्नु जरुरी रहेको सरोकारवालाको भनाई छ ।

प्रकाशित मिति: २०७४,पुष,१८,मंगलवार ०६:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिका तथा महिलामाथि हुने बलात्कारको मुद्धा अनुसन्धानका लागि आवश्यक कानुन संशोधन

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले पीडित अन्यायमा परेको देखिने आधार रहेमा हदम्यादकै कारण न्यायबाट वञ्चित गरिनु अन्यायपूर्ण हुने

झापा । बालिकालाई बलात्कार गरेको आरोपमा झापाको गौरीगञ्जमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३