२९ श्रावण २०७६, बुधबार २२:३७

उद्यमशीलता सम्मेलन सकियो, ११ बुदेँ घोषणपत्र जारी


प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार २२:३७

राजधानीमा जारी दुई दिने नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ बुधबार सकिएको छ ।

४३ जिल्लाका ५०० युवा प्रतिनिधिहरुले उठाएका मागहरुलाई समेटेर सम्मेलनले ११ बुदें घोषण पत्र जारी गरेको छ ।
उद्यम गर्न चाहने युवालाई सरकारले पहिचान गरी निःसर्त लगानी गर्नुपर्ने, आइडिया बैंक स्थापना गर्नुपर्ने, बिनाधितो लोन र ब्याज अनुदानको झन्झटीलो प्रक्रिया अन्त्य गर्नुपर्ने, सरकारले युवा उद्यमशीलताको विकासका लागि सञ्चालन गरेका कार्यक्रमहरु एकद्धार प्रणालीबाट हुनुपर्ने र सेवा, सुविधा र अनुदानको कार्यक्रम पारदर्शी हुनुपर्नेमा सम्मेलनले निष्कर्ष निकालेको छ ।

प्रदेश ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय र विशाल मिडिया ग्रुपको आयोजना तथा आईएमई फाउण्डेसनको सह आयोजना रहेको सम्मेलनबाट प्राप्त उपलब्धीबारे समापन सत्रमा बोल्दैं सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले उद्यम गर्न चाहने युवाहरुको बिजनेश प्लानमाथी सरकार र निजि क्षेत्र लगानी गर्न तयार हुनुले युवाहरुमा उत्साह थपेको र आगामी दिनमा नयाँ स्टाटप कम्पनी खोल्न यसले सहयोग पुयाउने बताए ।
समापन सत्रमा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल बलदेवले विगतका कमिकमजोरी र गलत प्रवृतिका कारण युवाहरुले विदेश पलान हुनुपरेको चर्चा गरे ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आईएमई गु्रपका अध्यक्ष चन्द्र ढकालले नयाँ युवाहरुको सोच माथि लगानी बढाउने र सरकारले उद्यम गर्न चाहने युवालाई सहजिकरण गर्नुपर्नेमा जोड दिए ।

सम्मेलनमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, अर्थमन्त्री डा। युवराज खतिवडा, सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा, योजना आयोगका उपाध्यक्ष डा। पुष्प कडेँल, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, संकरप्रसाद कोइराला, प्रदेश ३ उधोगमन्त्री अरुण नेपाल, पुर्व उद्योगमन्त्री महेश बस्नेत, उद्योग सचिव यमकुमारी खतिवडा, बरिष्ठ उद्यमी हरीभक्त सर्मा, चन्द्र ढकाल, युवा उद्यमी हेमराज ढकाल, लक्ष्मण केसी, दिलिप अग्रवाल, बैंकर अनिलकेशरी शाह, अनुपमा खुन्जेली, प्रविन बस्नेतलगायत ४० भन्दा बढि स्पीकरले आफनो प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
साग विजेतालाई पूर्वराजा ज्ञानेन्द्रको सन्देश

काठमाडौँ । नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले हार्दिक शूभकामना

सागमा कुन देशले कति पदक जिते ? भुटान र भाल्दिभ्स कमजोर

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) सम्पन्न भएको छ । प्रिितयोगितामा

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिँदै

काठमाडौँ —नेकपाको निर्देशनपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने भएकी छन् । सभामुख

सागमा नेपालको तर्फबाट पदक जित्ने खेलाडीहरुलाई उपराष्ट्रपतिको बधाई

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले १३ औं दक्षिण एशियाली खेलकूद (साग) भव्य रुपमा सम्पन्न