कतारमा नेपालीमाथि कसले गर्यो सांघातिक हमला ? एकजनाको मृत्यु, पाँच घाइते

appharu
0
Shares

मंगलबार राति कतारमा नेपालीमाथि सांघातिक आक्रमण हुदा सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको छ ।

राजधानी दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा अन्सारीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइते सबै सुनसरी जिल्लाका हुन् । घटनामा सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको र उनको शव हमाद अस्पतालमा रहेको दूतावासले जनाएको छ । घटना कसले गराएको भन्ने बारे थाहा भएको छैन । थप अनुसन्धान भइरहेको छ ।

घाइतेहरुको हमाद अस्पतालमा नै उपचार भइरहेको छ । पाँचजना घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर छ । भएकाले सघन उपचार कक्षमा उपचार भइरहेको छ । घाइतेहरु भने खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ ।
नेपाली दूतावासले भीडभाड नजान समेत कतारमा रहेका नेपालीलाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?