नारायणगढ-मुग्लिन सडक आज देखि राति बन्द

चितवन, १८ पुस । मुग्लिन-नारायणगढ सडकखण्डमा आजदेखि रातको समयमा यातायात सञ्चालनमा रोक लगाइने भएको छ । सडक विस्तारको काम भइरहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिन लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए। अहिले उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेको बताइएको छ राति सडक बन्द हुने भएकाले काठमाडौंबाट आउने रात्रिबसलाई राति १० बजेअघि नै मुग्लिन पार गरिसक्न ट्राफिक प्रहरीले अनुरोध गरेको छनारायणगढ–मुग्लिन सडकको काम हालसम्म ६८ प्रतिशत सम्पन्न भएको छ। आयोजनाका प्रमुख प्रमुख चन्द्रनारायण यादवले विगतमा नाकाबन्दी, चक्काजाम, इन्धन अभावका कारण कामको प्रगति हुन नसकेको बताउँदै चालु आर्थिक वर्षमा पनि वर्षा, चाडपर्व र निर्वाचनले गर्दा सोचे जति काममा प्रगति हुन नसकेको बताएका छन्। उनका अनुसार पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?