भारतले ‘नेपाललाई सिक्किम बनाईदिने’ कांग्रेस सांसदको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिनुभएको छ ।

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको सिमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफपल भईरहदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाईदिने अभिव्यक्ति दिनुभएको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उहाँले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गर्नुभयो ।

उहाँले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुने तर्फ सचेत बनि समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपुर्ण यथार्थतालाई समयमै आत्मसाथ गरि पहलकदमी गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “विपक्षमा रहेर कहिलेही पनि त्यस्ता मागलाई उठाउनु हुदैन । जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस् । कुटनीति भनेको चुनाव लड्ना गर्ने भाषण होइन । सबै भन्दा ठूलो विफलता कुटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ । भुटान बनाउँछ । तथ्य हो यो । ”

नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले नेपालको ठुलो भु–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले विशेषज्ञहरुका अनुसार नेपालको ६ सय ६ वर्ग किलोमिटर भू भाग अतिक्रमणमा परेको, ७१ स्थानमा सिमा विवाद देखिएको, दशगजाका विभिन्न स्थानमा भारत तर्फबाट अतिक्रमण गर्ने काम भईरहेको दाबी उहाँले गर्नुभयो ।

त्यसैगरी सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गर्ने काम भएको, पानीको प्राकृतिक वहाव रोकिने गरि संरचना बनाएकाले तराई क्षेत्र डुबानमा पर्दा बर्षेनी ती क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै उहाँले सिमा विवाद सुल्झाई अतिक्रमण रोक्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल भारत सिमाविवाद, अतिक्रमण तथा डुबान लगायत समस्या बारेको छलफलमा समिति सदस्यहरुले तत्काल कुटनीतिक पहल गरि डुबान लगायत समस्याको दीर्घकालिन समाधान खोज्न सरकार र सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?