सांसद शान्ता चौधरी सरकारी कलेजमा भर्ना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी सरकारी कलेजमा भर्ना हुनुभएको छ । दाङबाट यसैवर्ष एसईई (एसएलसी) पास गर्नुभएकी सांसद चौधरीले काठमाडौं बानेश्वरस्थित रत्नराज्य स्कुलमा ११ कक्षामा भर्ना हुनुभएको हो । उहाँ मानविकी संकायमा समाजशास्त्रको विद्यार्थीको रुपमा भर्ना हुनुभएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

सांसद चौधरी आज पहिलोपटक कलेज पुग्नुभएको थियो ।

सामुदायिक विद्यालयहरुको पठनपाठनको स्तर राम्रो छ भनेर सावित गर्न आफू रत्नराज्य स्कुलको विद्यार्थी बनेको सांसद चौधरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?