सुनको मूल्य घट्यो !

काठमाडौं । मंगलबार रेकर्ड ब्रेक गरि ७१ हजार कायम भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ । सुन बुधबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अमेरिकाले चिनियाँ सामानमा आउँदो महिनादेखि बढाउने भनेको कर कार्यान्वयनमा ढिलाइ गर्ने भएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ केही घटेको महासंघले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि केही कम भएको हो ।

यस्तै, चाँदी बुधबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?