नेपथ्यको साङगीतिक माहोलमा रमाए कतारवासी नेपाली


लोकपथ
प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार ११:५३

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व बकरइदको अवसरमा ‘शान्तिको लागि सङ्गीत’ भन्ने नाराका साथ नेपथ्य ब्याण्डका अमृत गुरुङसहितको टोलीले कतारवासी नेपालीलाई साङ्गीतिक माहोलमा भरपुर मनोरञ्जन दिएको छ ।

कतारको ग्राण्ड मलस्थित एशियन टाउनको एम्पिथिएटरमा भएको कार्यक्रममा नेपथ्यका गायक गुरुङले गीत सङ्गीतकै क्रममा राष्ट्र समृद्ध बनाउन सबैजना जुट्नु पर्ने भन्दै आफ्ना निकै पुराना तथा नयाँ चर्चित गीतहरु गाएर दर्शकको मन जित्नुभएको थियो ।

नेपथ्य ब्याण्डको कतार दोस्रो पटकको आगमन हो । ब्याण्डमा ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, किबोर्डमा सुरज थापा र मादलमा शान्ति रायमाझीले साथ दिनुभएको थियो ।

कार्यक्रम आयोजक टिमका लक्ष्मण चौलागाईंले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने दर्शक एवम् सहयोगीहरुमा धन्यवाद दिनुभयो ।

उक्त कार्यक्रमको लेवल एफ एन एड्भर्टाइजमेन्ट एण्ड इभेन्ट मुख्य आयोजक रहेको थियो भने सहआयोजमा कास्की आदर्श सेवा समाज कतार र रामनगर ठिमुरा सेवा समाज कतार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
आर्यनको ‘च च हुई’ को पोस्टर सार्वजजिक

काठमाण्डौं । आर्यन सिग्देलको चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ

सनी लियोन कसरी बनिन् सर्वाधिक खोजिको पात्र ?

एजेन्सी । कश्मीर घटनामा लिएको एकसनका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले निकै

सुमित्राको तिज गीत ‘आयो वरि लै’ (भिडियो सहित)

काठमाण्डौं । सुमित्रा माझिको नयाँ तिज गीत आयो वरिलै सार्वजनिक भएको छ ।

करिश्मा मानन्धरले रविका समर्थकलाई भेडा भनेपछि …

काठमाडौं । नायिका करिश्मा मानन्धर चर्चामा आईरहने पात्र हुन् । चाहे चलचित्र क्षेत्रमा