११ जेष्ठ २०७९, बुधबार

सौर्य ऊर्जाले रोल्पाका गाउँघर झलमल्ल

२०७४,पुष,१८,मंगलवार ०५:१९

0
Shares

– उमा केसीरोल्पा, १८ पुस- अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामा जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको टुकी प्रयोग गर्नुपर्ने झण्झटबाट जिल्लावासी मुक्त भएका छन् जिल्लामा साना र घरेलु सौर्य ऊर्जासमेत गरी प्रयोगकर्ताको संख्या २० हजार ९५१ घरधुरी देखिएको छ । यो संख्या जिल्लाको कुल घरधुरी संख्याको करिब ४८ प्रतिशत हो सौर्य ऊर्जामध्ये सात हजार ३४४ घरधुरीले साना घरेलु सौर्य ऊर्जा र १३ हजार ६०३ घरधुरीले घरेलु सौर्य ऊर्जा प्रयोग गर्दै आएको ऊर्जा शाखा तथा वातावरण शाखाले जानकारी दिएको छ । सौर्य ऊर्जामा सरकारले अनुदान दिएकाले पनि यसको अधिकतम घरधुरीमा यसको पहुँच पुगेको हो साना तथा घरेलु सौर्य ऊर्जाबाट बत्ती बाल्ने, टेलिभिजन हेर्ने तथा मोबाइल चार्जको काममा समेत टेवा पुगेको स्थानीयले बताएका छन् जिल्लामा सौर्य ऊर्जापछि विद्युतीय ऊर्जा प्रयोगकर्ताको संख्या पनि वृद्धि हुँदै जान थालेको छ । जिल्लामा विद्युतीय ऊर्जा प्रयोगकर्ता ३० प्रतिशत देखिएका छन् । जिल्लाका सात हजार ७४४ घरधुरीले नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण उपभोग गरिरहेका छन् यसैगरी जिल्लाका पाँच हजार ६०८ घरधुरीले स्थानीय खोलानालाबाट निकालिएको लघु जलविद्युत् उपभोग गर्ने गरेका छन् । हालसम्म जिल्लाका विभिन्न ३३ वटा साना तथा लघु जलविद्युत् योजनाबाट ६१७ किलोवाट जलविद्युत् उत्पादन भएको जिल्ला ऊर्जा तथा वातावरण शाखा रोल्पाले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०७४,पुष,१८,मंगलवार ०५:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३

काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ

दैलेख । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आगलागीबाट क्षति भएका परिवारका लागि सहयोग उपलब्ध गराएको छ । आगलागीका कारण ठाटीकाँध

दैलेख । जिल्लाको दुल्लु नगरपालिकाले पालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिङ) तालिम दिने भएको छ । नगरपालिका भित्र

ताजा समाचार