एलिनाकाे ‘तिम्रो खुशीमा’ सार्वजनिक (भिडियाे सहित)

appharu
0
Shares

काठमाण्डाैं । गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘तिम्रो खुशीमा’ सार्वजनिक भएकाे छ । नृपेश उप्रेतीकाे शब्द तथा संगीत रहेकाे गीतलाइ खुशी इन्टटेनमेन्टले बजारमा ल्याएको हो ।

पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको यो गीती गजलको भिडियोलाई शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेका छन् भने ऋचा थापा र सुदीप न्यौपानेले अभिनय गरेका छन् । गीतमा नमराज घिमिरेको छायांकन र प्रविण थापाको कोरियोग्राफी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?