२९ श्रावण २०७६, बुधबार ०७:३५

होसियार ! काठमाडौंमा डेङ्गुको खतरा


प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार ०७:३५

काठमाण्डौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ ।

डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई आमन्त्रण गरी अध्ययन गरेको थियो ।

रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले डब्लूएचओ टोलीको अध्ययनले उपत्यकामा डेङ्गु फैलनसक्ने निष्कर्ष निकालेको भन्दै सचेतना अपनाउन सुझाव दिएको बताए ।

डब्लूएचओ टोलीले गरेको नमुना सङ्कलनमा काठमाडौँ उपत्यकामा डेङ्गु सार्ने लामखुटे प्रशस्त मात्रामा भेटिएको पाइएको थियो ।

प्रमुख लालले थपे, “काठमाडौँ वरिपरिका जिल्लाहरूमा पनि डेङ्गु देखिसकेको छ । ” गत वर्ष पनि काठमाडौँमा डेङ्गु सङ्क्रमित देखिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक वृद्धिदर उच्च हुने देशमा नेपाल पनि समेटियो

बेलायती म्यागजिन द इकोनोमिस्टले आर्थिक बृद्धिदर उच्च हुने शीर्ष दश मुलुकको सूचीमा नेपाललाई

चीनमा मोबाइल फोनमा कडाइ, सेवा लिन अब अनुहार स्क्यान गर्नुपर्ने

चीनले मोबाइल सेवा प्रयोगकर्तामाथि कडाइ गरेको छ । सरकारले लागू गरेको नयाँ नियमअनुसार

अपेक्षाभन्दा कम स्वर्णमा सकियो तेक्वान्दो

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) तेक्वान्दोमा नेपालले आठौं सागको कीर्तिमान भंग

अवैध हतियारको सकसमा मधेस

अवैध हतियारको सकसमा मधेस शीर्षकमा समाचार छ । ससाना विवाददेखि रिसइबी, छलफलमा पनि