युट्युवमा हिट भएका तिज गीत (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । नारीहरुको विशेष पर्व तिज आउँन अझैपनि केहि दिन बाँकी छ । तिज गीतहरुको नेपाली सांगीतिक बजारमा छुट्टै प्रकारको चर्चा हुने गरेको छ ।

तिज गीतहरुले मौलिकता भुलेको, अश्लिल भाषा शैलिको प्रयोग भएको, ३/४ महिना अगाडि देखिनै गीत युट्युव तथा अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप खेपेर पनि गीहरु हिट खाने गरेका छन् ।

त्यसो त सांगीति बजार त्यस्ता प्रकारका गीतसंगितले मात्रै दबदबा राख्छन् भन्ने हुदैन । आज हामीले तिज आउँनु पूर्व नै युट्युबमा चर्चा बटुलेका केहि गीत संगितलाई प्रस्तुत गर्दैछौ ।

१. सिन्धु मल्लको ’चिटिक्कै भाछु रे…
केही वर्ष पहिला नै बजारमा आएको गीत ’चिटिक्कै भाछु रे’ को रिमेक भर्सन बजारमा लिएर आएकी छन् सिन्धु मल्ल। पहिले नै हिट भएको यो गीत यसपालि पनि निकै रुचाइएको छ। यसमा नृत्य नायिका आँचल शर्माको रहेको छ। सिँगारिएर निकै राम्रो नृत्य गरेकी छिन् आँचलले। उनी साँच्चै नै गीतमा भनिएझै सोह्र शृंगारले चिटिक्कै भएकी छिन्।

२. नक्कले भिनाजु भाग ३
शुरवीर पण्डितलाई साली बिच्छट्टै राम्री लाग्छ । तीजमा केटाले नाच्न नपाउने भएपछि उनी सालीसँग नाच्नकै लागि महिलाको हुलिया बनाएर जान्छन् । छट्टु भिनाजु र सालीको छेडखानीले गीत कमेडी बनेको छ । तपाईं हाँसोठट्टा र घोचपेच मन पराउनुहुन्छ भने तपाईंको लागि कमेडी तिजगीत लिएर आएका छन् विशाल रायमाझी, हरिमाया रायमाझी र सर्मिला रायमाझी । यो भन्दा अघि पनि उनीहरूकै ’नक्कले भिनाजु’ भाग १ र २ आएको थियो ।

३. अस्ट्रेलिया कान्ड
अस्ट्रेलिया गएपछि उतैकी केटीसँग भुलेर गाउँकी मायालुलाई बिर्सिएको भन्दै रिसाएकी छिन् सम्झना घिमिरे । पशुपति शर्मालाई पनि प्रेमिकाले शंका गरेकोमा रिस उठेको छ । अस्ट्रेलिया गएको प्रेमी र गाउँकी प्रेमिकाबीचमा भएको छेडखानीले गीतलाई रमाइलो बनाएको छ । ’स्याङ्जा जाने बाटैमा तनहुँ, बिर्सी जाने मायालाई के भनौं’ बोलको यो तीज गीतमा पशुपति शर्मा तथा कलाकार दिपासा बिसी र बिपिन ठकुरीको रमाइलो नृत्य गीतमा छ । गीतमा शब्द संगीत पशुपति शर्माको छ ।

४. पशुपतिकै ’सुहायो चौपट्टै’

यो पनि पशुपतिकै गीत हो । पशुपति शर्मालाई उनकी श्रीमतीले डोरी बाटेको चौपट्टै मन पर्छ । श्रीमतीलाई पनि उनले कपाल काटेर चिटिक्क भएर बसेको मन पर्छ। अघिल्लो तीज जुगाडमै बित्यो। यसपटकको तीजमा उनीहरू दुवै चिटिक्क भएर बसेका छन् । पशुपतिको यो गीत चौपट्टै राम्रो भएको भन्दै कमेन्ट गर्नेको युट्युबमा ताँती छ । यो गीत आएपछि तीज आएझैं लागेको भन्ने पनि कम छैनन्। पशुपति शर्मा, राजु ढकाल, देवी घर्ती र सुस्मिताको स्वरमा रहेको रमाइलो गीत सुनेर तपाईं छमछम ननाची बस्नै सक्नुहुन्न ।

५. फुलमती चनमती

अब तिज फगत घर व्यवहारको दुख्सुख पोख्ने पर्वमात्र रहेन । देश दिनदिनै दुर्गतितर्फ बढिरहेको पीर छ फूलमति र चनमतिलाई । देश र समाजमा बढ्दै गइरहेको बेथिति र राजनीतिज्ञको मनोमानीले तीजमा पनि नाँच्ने पटक्कै मन छैन फूलमतिलाई। चनमति समाजमा वर्ग, लिङ्ग, जातिजस्ता कुरमा धेरै बेथिति भए पनि आशावादी भएर नाच्न सल्लाह दिन्छिन् । गीतमा शान्तिश्री परियार, ज्ञानु परियार र खेम सेन्चुरी देशमा जति बेथिति भए पनि अब सुध्रिंदै जान्छ भन्ने आश जगाउन सफल भएका छन ।

६. पानी मरुवा
तिज चेली माइत आउने र दुख सुख पोख्ने पर्व हो। माइत जाँदा चेलीसँगै माइती पनि खुसी हुन्छन्। चार बहिनी छोरी हुँदा पनि तीजमा माइती शुन्य भएर साह्रै दुखी छन् पुर्खे बा र तिवारी आमा। छोरी आउलान् र मिठोमसिनो खुवाऔंला भनेर जोहो गरी राखेको खाना त्यसै भएको छ। घर व्यवहारमा भुलेर छोरी तीजमा पनि माइत नआउँदा बुढेसकाल लागेका बाआमालाई चर्को पीडा परेको छ। हुर्केका छोराछोरी सबै लाखापाखा लागेपछि गाउँघरमा चाडपर्वमा पनि वृद्धवृद्धा मात्र रहनु परेको यथार्थलाई मार्मिक तरिकाले गीतमा पोखेका छन् पुर्षोतम तिवारी र लक्ष्मी भन्डारीले।

७. यही रैछ जिन्दगी
स्वर्गजस्तो माइतीमा हुर्केका छोरीहरू नर्कजस्तो घरमा भोगेको पीडा पोख्दै छन् बासँग। तिज दुस्ख साटेर मन हल्का गर्ने पर्व हो। वर्षभरि घरमा सासु ससुरा र श्रीमानले गरेका नराम्रो व्यवहार साट्दै दुस्खैमा पनि रमाएर नाँच्नु पर्ने कुरा गर्छन्। पुराना गायिकाहरू बिमाकुमारी दुरा, शर्मिला गुरुङ र देवी घर्तीसँगै पशुपति शर्माको पनि स्वर रहेको गीत आँसु खसाल्ने पीडा बोकेको छ।

८. तिजै रमाइलो

केकी तिजमा माइत जान पाएर साह्रै मख्ख छिन्। वर्षा कहिले कट्ला र तिज आउला भनेर बाटो हेरेर बसिरहेकी केकीलाई यसपालीको तिज साह्रै रमाइलो लाग्छ। उनी सोह्र शृङ्गार गरेर तिजमा छमछम नाँचिरहेकी छिन्। गोमा कार्कीको स्वरमा रहेको गीतमा रातो पहिरनमा सजिएर छमछम नाचेकी छिन नायिका केकी। यो केकीको नृत्य रहेको तिजगीतको पहिलो भिडियो हो।

९.माइत जाम्

भाइ तिजमा लिन आउँदा कुन दिदीलाई माइत जाने रहर नलाग्ला ? भाइ सरापे (यादव भट्टराई) लिन आएपछि मैया (सुनिता गौतम) खुसी भएकी छिन्। उनी घरको काम सबै सकेर भाइसँग भोलि माइत जाने चाँजोपाँजो मिलाएर बसेकी छिन्। बद्री पंगेनी र सीता श्रेष्ठको स्वरमा रहेको ’माइत जाम’ गीत हास्यकलाकारको अभिनयले रमाइलो बनेको छ।

१०. पानपाते ठूली र सुपारे ठूलाको पुनर्मिलन
रविन लामिछाने र रिना केसीको ’ के छ ओए पान पाते ठूली’ पनि अहिले चर्चामा छ। पानपाते ठूलीको जीवनमा बज्रपात भएको छ। उसले बिहे भएको केही समयमा लोग्ने गुमाएकी छ। पीडामा भएकी उसलाई समाजले झन् ’पोई टोकेको आरोप’ लगाउँदा पर्नुसम्म दुःख परेको छ। तीजमा माइत आएकी उसले बालसखा ’सुपारे ठूला’ लाई भेट्छे। उनीहरूकै सम्वादमा आधारित छ यो गीत। गीतमा प्रकाश सपुत, जुना सुन्दास, निक्स शर्मा र जुना गुरुङले मोडलिङ गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?