सन्दीप लामिछानेको भिसा अस्वीकृत हुनु देशकै अपमानः रविन्द्र मिश्र

काठमाडाैं । शाझा पार्टीका संयोजक रविन्द्र मिश्रले नेपाली युवा क्रिकेट सन्दीप लामिछानेको भिसा अस्वीकृत भएकोप्रति आपत्ति जनाउनुभएको छ । आज (मंगलबार) नेपालस्थित अमेरिकी दूतावासले सन्दीपको भिसा अस्वीकृत गरेकोप्रति संयोजक मिश्रले आपत्ति जनाउनुभएको हो । यद्यपि दूतावसले तीन घण्टापछि फेरि बोलाए भिसा दिइसकेको छ ।


संयोज मिश्रले सामाजिक सञ्जाल फेसबुकबाट सन्दीपजस्तै कयौँ प्रतिष्ठित नेपालीको भिसा अस्वीकृत भएको समेत उल्लेख गर्नुभएको छ । जुन देशकै अपमान भएको उहाँको भनाई छ ।


यसअघि, आज बिहान मात्र वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जानका लागि सन्दीपले अमेरिकी भिसाको लागि आवेदन दिनुभएको थियो । त्यसपछि सन्दीपले सामाजिक संजाल ट्वीटरमा आफुले सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै अमेरिकाले भिसा नदिएकोमा आफु चकित भएको बताउनुभएको थियो ।


सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?