प्रिमियर लिगमा लिभरपुल र म्यान्चेस्टर युनाइटेड विजयी

काठमाडौं, १८ पुस । इङलिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड र लिभरपुल विजयी भएका छन् सोमबारराति भएको खेलमा एभर्टनलाई २–० ले हराएको म्यान्चेस्टर युनाईटेड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एभर्टनको घरेलु मैदानमा म्यान्चेस्टर युनाईटेडलाई विजयी बनाउन एन्थोनी मार्सियाल र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे जितपछि म्यान्चेस्टर युनाईटेडले दोस्रो स्थानको चेल्सीलाई २ अंकले पछि पारेको छ । २२ खेलबाट म्यान्चेस्टर युनाईटेडको ४७ अंक छ भने एक खेल कम खेलेको चेल्सीको ४५ अंक छ शीर्ष स्थानको म्यान्चेस्टर सिटीको भने ५९ अंक रहेको छ । प्रिमियर लिग फुटबलमा सोमबारराति लिभरपुलले बर्नलीलाई २–१ ले हराउँदा लेष्टर सिटीले हडर्सफिल्ड टाउनलाई ३–० ले पराजित हरायो यसैगरी न्युकासल युनाईटेडले स्टोक सिटीलाई १–० ले पराजित गर्दा ब्राईटन र बर्नमाउथले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?