पुर्व राजा ज्ञानेन्द्र भोलि स-परिवार धनगढीमा

कञ्चनपुर, १८ पुस- भोलि मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार धनगढी आउने कार्यक्रम रहेको छपूर्वराजा ज्ञानेन्द्र शाहले भोलि धनगढीको उत्तरबेहडीको शिवपुरी धाममा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको सपरिवार दर्शन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छपूर्वराजाको स्वागतका लागि धनगढीमा राजावादीहरुले कैयाैँ चौधरीको संयोजकत्वमा १ सय १ सदस्यीय मूल स्वागत समिति गठन गरेका छन्। आइतबार शिवपुरीधाममा बसेको राजावादीहरुको भेलाले मूल स्वागत समिति गठन गरेको होपूर्वराजाले सपरिवार डोटीको शैलेश्वरीमा पनि दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ। पूर्वराजासँगै पूर्वरानी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा शाह पनि धनगढी आउने कार्यक्रम रहेको मूल स्वागत समितिले जनाएको छदुई वर्षअघि पनि पूर्वराजा एक हप्तासम्म धनगढीको रुवस होटलमा सपरिवार बसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?